सोलुखुम्बुको ज्वालामाई मन्दिरमा भक्तजनको भीड बढ्दो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डाै उपत्यकामा अहिलेसम्म समुदायमा कोरोना भाइरसकाे सङ्क्रमण नभेटिएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र भक्तपुरमा दुई र काठमाण्डौमा एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित तीन जनामध्ये दुई जना भर्खरै विदेशबाट फर्किएका र एक जना ब्युटी पार्लर व्यवसायमा संलग्न व्यक्ति रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
अन्य विभिन्न तथ्य र प्रमाणले पनि काठमाण्डाै उपत्यकामा समुदायस्तरमा सङ्क्रमण नफैलिएको पुष्टि भएको पनि उहाँले बताउनुभयो । सङ्क्रमणको जोखिम भने कायमै रहेको र सतर्कता अपनाउन उहाँको सुझाव छ ।
पछिल्लो २४ घण्टामा थप एक सय एक जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार पाँच सय ३४ जना उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म प्रदेश १ बाट सात सय ४४, प्रदेश २ बाट दुई हजार पाँच सय ८८, वाग्मती प्रदेशबाट चार सय १३, गण्डकीबाट नाै सय ४६, प्रदेश ५ बाट तीन हजार ६ सय ९२, कर्णाली प्रदेशबाट एक हजार चार सय ९२ र सुदूरपश्चिमबाट एक हजार ६ सय ५९ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो ।
नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।