प्रिमियर लिगमा वेस्टह्याम रेलिगेशनबाट जोगियो, वाटफोर्ड पराजित

 साउन ३, २०७७ शनिबार ६:४८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कामाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ । शुक्रबार राति भएको खेलमा वार्टफोर्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै यो सिजन वेस्टह्याम जोगिएको हो ।

वेस्टह्यामको जितमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक एक गोल गर्दा टोरी डेनीले वार्टफोर्डका लागि एक गोल फर्काएका थिए । खेल सुरु भएको छैटौं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामका लागि अग्रता दिलाएका थिए । यसैगरी दशौं मिनेटमा सौकले गोल गर्दै अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा रइसले गोल गर्दै ३–० को अग्रता दिलाए ।

सुरुदेखि दबाबमा राखेको वेस्टह्यामले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा वाटफोर्डलाई दबाबमा राखेको वेस्टह्यामले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । उल्टै वाटफोर्टका लागि डेनीले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए ।

त्यसपछि थप गोल नभएपछि वेस्टह्याम विजयी भयो । जितसँगै प्रिमियर लिगमा ३७ अंक बनाउँदै वेस्टह्याम १५ औं स्थानमा रहँदा वाटफोर्ड भने ३४ अंकका साथ १७ औं स्थानमा छ । वाटफोर्डलाई रेलिगेशनबाट जोगिन संघर्ष गर्नुपर्ने छ ।
 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया