२४ घण्टामा थपिए १८६ सङ्क्रमित, १७३ जना निको

 साउन ५, २०७७ सोमबार १६:३७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा एक सय ८६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार आठ सय ६८ जना निको भएर फर्किसकेकोले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाै सय ३६ मात्रै रहेको छ ।

२४ घण्टामा एक सय ७३ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएर घर फर्किइसकेका छन् ।

अहिले प्रदेश एकमा ९१ जना, प्रदेश दुईमा एक हजार नौ सय ३३ जना, वाग्मतीमा तीन सय ९९ जना, गण्डकीमा तीन सय ८४ जना, प्रदेश ५ मा चार सय १० जना, कर्णालीमा दुई सय १० जना र सुदूरपश्चिममा दुई हजार चार सय १८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया