प्रिमियर लिगमा सिटीको फराकिलो जित, एस्टोन भिल्ला पनि विजयी

 साउन ७, २०७७ बुधबार ७:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् ।

 गएराति भएको खेलमा सिटीले वाटफोर्डलाई पराजित गर्दा एस्टोन भिल्लाले आर्सनलमाथि जित दर्ता गरेको हो । गएराति भएको खेलमा सिटीले वाटफोर्डलाई ४-० ले स्तब्ध बनाएको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एक/एक गोल थपेका थिए । ३१ औं मिनेटमा स्टर्लिङले अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा पाएको पेनाल्टीमा स्टर्लिङले लागि दोस्रो गोल गरे । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा पनि २ गोल थपेको थियो । ६३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३-० मा पुर्याए । ६७ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–० को सहज अवस्थामा लगे । त्यसपछि थप गोल नभएपछि सिटी फराकिलो अन्तरले विजयी भयो ।

जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ ।  यस्तै आर्सनलविरुद्ध एस्टोन भिल्लालाई मोहम्मद हसनले २७ औं मिनेटमा गरेको गोल नै स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया