खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अविरल वर्षासहित बाढी पहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ ।
वर्षा सुरु भएपछि यी सबै राजमार्गमा गरी सयभन्दा बढी सडक बाढी पहिरोका कारण बन्द भएकाेमा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन । देशव्यापी रूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारण यातायात बन्द हुन पुगेको हो ।
पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल सुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, 'सम्बन्धित सडक डिभिजन कार्यालयले उपलब्ध उपकरणबाट काम गरिहरेका छन् ।' पृथ्वी राजमार्गको जोगिमारा–माैवाखोला खण्ड र नारायणघाट–मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सुरु गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक शर्मा, उपमहानिर्देशकलगायतको टोली सडक अनुगमनका लागि बुधबार मौवाखोला पुगेको थियो । त्यस सडकमा रहेको पहिरो खुलाउने काम भइरहेको छ । शुक्रबार साँझसम्म सडक खुलाउने लक्ष्यका साथ काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, 'कतिपय स्थानमा आंशिकरूपमा मात्रै सुरु गराउने काम भइरहेको छ ।'
देशभरका राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढी पहिरोको असर परेको छ । तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको विभागले जनाएको छ ।
यात्रु र सवारी साधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग बन्द हुँदा धेरैलाई अप्ठ्यारो परेको छ । एउटै राजमार्गको पनि धेरै ठाउँमा पहिरो देखिएको महानिर्देशक शर्माले बताउनुभयो । अरनिको राजमार्गमा बाह्रबिसेम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ ।
त्यसको बीचमा झण्डै १७ किमी सडक बन्द रहेको छ । त्यही राजमार्गमा ६० मिटर सडक नै वर्षाले बगाएको छ भने एउटा पुल पनि बगाएको छ । उहाँले भन्नुभयो, 'अरनिको राजमार्गमा रहेका अवरोध हटाउने काम भइरहेको छ ।' अहिले पनि बन्द रहेका राजमार्गमा अवरोध खुलाउनकाे लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् ।
कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक बन्द भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । पुल बगाएका स्थानमा सडक सञ्चालन हुन समय लाग्न सक्ने महानिर्देशक शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, 'बेलिब्रिज राखेर सडक सञ्चालन गर्नुपर्ने हुन सक्छ ।'
बेनी–जोमसोम सडकमा ८/१० ठाउँमा सडक बन्द रहेको छ । त्यस्तै निर्माणाधीन कान्ति लोकपथमा पनि विभिन्न स्थानमा पहिरोले रोक्ने र खुलाउने काम भइरहेको छ । कर्णाली राजमार्गमा सामान्य पहिरो गइरहे पनि सफा गरिएको छ ।
विभाग अन्तर्गत देशभरमा ३३ सडक डिभिजन कार्यालयले वर्षा हुनुभन्दा पहिलेदेखि नै बाढी पहिरोका कारण सडक बन्द हुँदा खुलाउन आवश्यक तयारी गरेका थिए । विभाग अन्तर्गत विभिन्न स्थानमा रहेका डिभिजनले राष्ट्रिय राजमार्ग खुलाउने गरेका छन् । प्रदेश राजमार्ग र स्थानीय सडक सम्बन्धित निकायले खुलाइरहेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो ।
विभागले वर्षा सुरु हुनुअघि नै एक सय ८० स्थानलाई सम्भावित जोखिमयुक्त सडकका रूपमा निर्धारण गरेको थियो । ती स्थानमा पहिले नै उपकरण राखिएको र आवश्यक पर्दा प्रयोग भइरहेको विभागले जनाएको छ । उपमहानिर्देशक अधिकारीले भन्नुभयो, 'नियमित वर्षा भइरहँदा काम गर्न नसकिए पनि पानी बन्द हुनासाथ पहिरो हटाएर सडक खुलाइन्छ ।'
विभागले सडक बन्द हुनासाथ सकेसम्म दुईतर्फ नै खुलाउन प्रयास गर्ने महानिर्देशक शर्माले बताउनुभयो । तत्काल दुईतर्फ सञ्चालन गर्न नसकिने स्थानमा एकतर्फ पहिरो हटाएर पनि आवागमन खुला गरिन्छ । एकातर्फ वा आशिंकरूपमा सञ्चालनमा रहेका सडक मौसमले साथ दिनासाथ खुलाइने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, 'सकिन्छ भने दुईतर्फ र नसकिएका ठाउँमा मात्रै खुलाइन्छ ।' विगतका वर्षभन्दा पहिले नै वर्षा सुरु भएकाले सडक ठाउँठाउँमा बन्द भएको विभागले जनाएको छ । यो वर्ष साउनको सुरुदेखि अहिलेसम्म दैनिक वर्षा भइरहेको छ ।
भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।