'सिरी ए'मा उडिनेजसँग पराजित भयो युभेन्टस, उपाधिका लागि अर्को जित कुर्नु पर्ने

 साउन ९, २०७७ शुक्रबार ७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अन्तिम खेल अगाडि नै 'सिरी ए'को उपाधि जित्ने युभेन्टसको योजनामा उडिनेजले पूर्णविराम लगाएको छ । गएराति भएको खेलमा युभेन्टस उडिनेजसँग २-१ गोलले पराजित भयो । यो हारपछि युभेन्टसलाई उपाधिका लागि अर्को जित कुर्नुपर्ने भएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको सुरुको ४० मिनेट गोल हुने सकेन । युभेन्टसले सुरुवातमा गोलको अग्रता जोगाउन सकेन । खेलको ४२ औं मिनेटमा म्याथिस डिलाइटको गोलमा युभेन्टसले अग्रता लिएको थियो।

तर, ५२ औं मिनेटमा लिजा नेस्टोरभोस्कीले गोल गरेपछि घरेलु टोली उडिनेजले खेल १-१ को बराबरीमा पुर्यायो । इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ गोलले अगाडि राखे । बाँकी समयमा युभेन्टसले  खेलमा फर्कन सकेन र पराजित भयो ।

घरेलु टोलीसँग पराजित भएको युभेन्टसले ८० अंक जोडेको छ । युभेन्टस दोस्रो स्थानको एटलान्टाभन्दा ६ अंकले अघि रहेको छ । उडिनेज ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।

उडिनेजलाई हराउन सकेको भए युभेन्टस तीन खेल अगावै च्याम्पियन बन्ने थियो । तर, युभेन्टसले च्याम्पियन बन्ने मौका गुमाएको छ । उपाधिका लागि युभेन्टसलाई ३ अंकको आवश्यकता रहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया