स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा पछिल्लो एक महिनामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यासँगै सङ्क्रमणको दर पनि घटेको सरकारले दाबी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक महिनाको सङ्क्रमण दरको प्रतिशत छोटकरीमा सार्वजनिक गर्दै नेपालमा कोरोना सङ्क्रमणको दर घटेको बताउनुभएको हो ।
उहाँका अनुसार असार १० गते देशभरका ल्याबमा ६ हजार आठ सय २८ नमुना परीक्षण गर्दा ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणको दर ९ दशमलव २ प्रतिशत थियो । यस्तै असार १५ गते सङ्क्रमणको दर घटेर ६ दशमलव १ प्रतिशतमा आइपुगेको थियो भने असार ३० गते सङ्क्रमणको दर २ दशमलव ७ प्रतिशत थियो । पछिल्लो २४ घण्टामा भने सङ्क्रमणको दर ३ दशमलव ३४ प्रतिशत रहेको प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।
यसैबीच लामो समयको लकडाउनपछि बिस्तारै सबैको दैनिकी सामान्यीकरणतर्फ बढिरहेको तर कोरोना सङ्क्रमणको जोखिम भने यथावत् नै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम कार्यालय पनि हुने हुनाले कार्यालयमा हुँदा सबैले तोकिएको स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्न मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गर्नुभएको छ । उहाँले सबै कार्यालयहरुमा भिडभाड कम हुने गरी कर्मचारीहरुले काम गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गोबिन्द
July 24, 2020, 7:24 p.m.गुरु, नाटक अलिक कम गर्दा नै राम्रो!