चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

 साउन १२, २०७७ सोमबार १०:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट भएका छन् । 

गएराति लिग चरणको अन्तिम खेलमा जित निकाल्दै चेल्सी र म्यानचेस्टर युनाइटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् । 

चेल्सीले उल्भ्स र म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई समान २-० गोल अन्तरले हराएर यस सिजनकाे शीर्ष चारमा पर्न सफल भएका छन् । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट हुन दुबै टिमलाई जित्नुपर्ने दबाब थियो । 

म्यानचेस्टरले ६६ अङ्कसहित तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्यो । समान अङ्क जोडेको चेल्सी गोल अन्तरका आधारमा चौथो स्थानमा रहन सफल भयो । लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको थियो । म्यानचेस्टर सिटी ८१ अङ्कसहित दोस्रो स्थानमा छ ।

 यस्तै प्रिमियर लिग अन्तर्गत गएराति नै भएको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । अर्को खेलमा टोटेनहमले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया