राप्रपा छाडेका सुनिल थापा आज कांग्रेस प्रवेश गर्ने

 साउन १३, २०७७ मंगलबार ६:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। 

मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । 

कांग्रेसले थापालाई सह-महामन्त्री र अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ । थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गर्नुभएको थियो । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् । 

थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्र विवाद बढेको छ । गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्कासन गरेलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया