प्रहरी प्रधान कार्यालयका २७ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण

 साउन १३, २०७७ मंगलबार १८:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी प्रधान कार्यालय नक्सालका २७ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

तराईका  जिल्ला गएर फर्किएका एक प्रहरीबाट अरुमा कोरोनाकाे सङ्क्रमण सरेको आशङ्का गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक वासुदेव पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित प्रहरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भइरहेको  छ । 

सङ्क्रमित सबैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । 

पछिल्लाे समय काेराेना राेकथाम तथा नियन्त्रणकाे लागि अग्रपङ्क्तिमा खटिएकामा सङ्क्रमण पुष्टि भइरहेकाे छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया