वेस्ट इण्डिजसँगकाे तीन टेस्टकाे श्रृङ्खला इङ्ग्ल्याण्डले जित्याे

 साउन १३, २०७७ मंगलबार २०:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इण्डिजसँगकाे तीन टेस्टकाे श्रृङ्खला इङ्ग्ल्याण्डले जितेको छ । मङ्गलबार सकिएको तेस्रो तथा अन्तिम टेस्ट दुई सय ६९ रनले जित्दै इङ्ग्याण्डले २–१ ले श्रृङ्खला जितेको हो ।

तेस्रो टेस्ट जित्न तीन सय ९९  रनको  लक्ष्य पछ्याएको वेस्ट इण्डिज एक सय २९ रनमै अलआउट भयो । उसका लागि सबैभन्दा धेरै साइ होपले ३१ रन बनाए । 

वेस्ट इण्डिजलाई एक सय २९ रनमै सीमित गर्न इङ्ग्याण्डका क्रिस वोक्सले पाँच र स्टुअर्ट बाेर्डले चार विकेट लिए । याे खेलमा चार विकेट लिएसँगै बाेर्डले टेस्ट क्रिकेटमा पाँच सय विकेट पनि पूरा गरेका छन् ।

पहिलो पालीमा इङ्ग्याण्डले तीन सय ६९ रन बनाएको थियो भने वेस्ट इण्डिज एक सय ९७ रनमा अलआउट भएको थियो । दोस्रो पालीमाइङ्ग्ल्याण्डले दुई सय २६ रन बनाएर पाली समाप्तिको घोषणा गरेपछि वेस्ट इण्डिजले तीन सय ९९ रनको लक्ष्य पाएको थियो ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट यी दुई देशको टेस्ट श्रृङ्खलासँगै फेरि सुरु भएको छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया