इटालियन 'सिरी ए' मा इन्टर मिलान विजयी

 साउन १४, २०७७ बुधबार १०:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटालियन 'सिरी ए' फुटबलमा इन्टर मिलान विजयी भएको छ ।

गएराति भएको खेलमा इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले हराएकाे हाे ।  जितसँगै इन्टर मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ ।

उपाधि जितिसकेको युभेन्टस ८३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा चार अङ्कले पछि परेको इन्टर मिलान ७९ अङ्कसहित दोस्रो स्थानमा छ । यसैगरी एक अङ्क कम रहेको एटलान्टा तेस्रो स्थानमा छ । युभेन्टसले एक खेल कम खेलेको छ ।

इन्टरको घरेलु मैदानमा जित दिलाउनका लागि डेनिलो एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक/एक गोलको योगदान गरे । ११ औं मिनेटमा डेनिलोको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि थप गोल नभएपछि इन्टर मिलान विजयी भयो।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया