खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड जाँदैछन् ।
कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभए पनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी आज दक्षिण कोरिया हुँदै अमेरिकाबाट सेन्ट लुसिया पुग्नेछन् । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।
अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सरकारले सहजिकरण गरेको हो । सन्दीप बिहीबार बिहान साढे १० मा नेपालबाट हुने चार्टड उडानबाट जाने तय भएको बताइएको छ ।
सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म ट्रिनाड पुग्न भनेको थियो । यो बीचमा अन्तर्राष्ट्रिय उडानका कारण उनको यात्रा अनिश्चित जस्तै भएको थियो । तर, अन्तिम समयमा दौडधुप गरेपछि सन्दीप जाने समय र फ्लाइट पक्का भएको हो । सन्दीपले सिपीएल खेल्न जानका लागि मंगलबार गरेको कोरोना परिक्षण नेगेटिभ आएको छ ।
सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनु अघि आफ्नो देशमा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन पनि भनेको थियो ।
उनी बिहीबार काठमाण्डौबाट उडे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् ।
लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दीप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । जसमा उनी ९० हजार अमेरिकी डलरमा अनुबन्ध भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।