फुलह्याम च्याम्पियनसिप फुटबलको प्ले अफको फाइनलमा

 साउन १६, २०७७ शुक्रबार ७:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फुलह्याम च्याम्पियनसिप फुटबलको प्ले अफको फाइनलमा पुगेको छ । 

राति भएको प्ले अफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफ सिटीसँग २-१ ले पराजित भएर पनि फुलह्याम समग्रमा ३-२ को जित निकाल्दै फाइनलमा पुगेको हो । 

फुलह्याम इङ्ग्लिस प्रिमियर लिगमा बढुवा हुने प्रयासमा छ । राति भएको खेलमा कार्डिफका लागि नेल्सनले खेलको आठौँ मिनेटमै गोल गरे । लगत्तै नवौँ मिनेटमै फुलह्यामका केबानो गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

तर ४७ मिनेटमा टोमलिनले अर्को गोल गरेपछि २-१ ले अघि रहे पनि कार्डिफ जितबाट बन्चित हुनुपर्‍यो । प्ले अफको फाइनलमा फुलह्यामले अब आउँदो मंगलबार बेरन्टफोर्डसँग प्रतिष्पर्धा गर्नेछ ।

यो खेलमा विजयी हुने टिम प्रिमियर लिगमा बढुवा हुनेछ । 

अन्तिम अपडेट: साउन १८, २०७७

तपाईको प्रतिक्रिया