आयरल्याण्डविरुद्धको एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी

 साउन १६, २०७७ शुक्रबार १०:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आयरल्याण्ड विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको छ । 

साउथह्याम्पटनमा गएराति भएको खेलमा आयरल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य इङ्ग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍याे । 

इङ्ग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहँदै ६७ रनको अर्धशतकीय इनिङ्ग खेले । कप्तान इयान मोर्गनले अविजित ३६ रन बनाए । 

यस्तै जेम्स भिन्सले २५ तथा जासन रोयले २४ रन बनाए । आयरल्याण्डका क्रेग योङले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो ।

जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया