तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत घुस लिएको आरोपमा पक्राउ

 साउन १७, २०७७ शनिबार ७:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो ।

घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरिएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया