एफ ए कप फुटबलको उपाधि आर्सनललाई, चेल्सी २-१ गाेलले पराजित

 साउन १८, २०७७ आइतबार ६:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एफ ए कप फुटबलको उपाधि आर्सनलले जितेको छ । 

राति भएको खेलमा चेल्सीलाई २-१ गाेलले हराउँदै आर्सनलले १४ औं पटक एफ ए कप फुटबलको उपाधि जितेर कीर्तिमान बनाएको छ ।

 खेलको ५ औं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी उप-विजेतामा सीमित भयो । 

चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको ५ औं मिनेटमै गोल गर्दै अग्रता दिलाए । तर २८ औं मिनेटमा पाएको पेनाल्टीको फाइदा उठाउँदै आर्सनलका पियर इम्रिक औबामियाङले खेल १-१ को बराबरी गरे ।

 त्यसपछि ६७ औं मिनेटमा औबामियाङले फेरि गोल गरेपछि खेल २-१ ले आर्सनलको पक्षमा पारे । 

७३ औं मिनेटमा रातो कार्ड पाएर मार्टियो कोभासिच मैदानबाट निस्किएपछि चेल्सी १० खेलाडीमा सीमित भयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया