फिफा विश्वकप छनोटको क्याम्पमा परेका खेलाडीको पीसीआर परीक्षण २ चरणमा हुने

 साउन १९, २०७७ सोमबार ९:३१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो ।

राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे पाटन अस्पतालमा परीक्षण गरिनेछ ।

त्यसका लागि अखिल नेपाल फुटबल सङ्घले ७० वटा परीक्षण गर्ने अनुमति पाइसकेको छ । पहिलो चरणमा उपत्यका बाहिरबाट आएका खेलाडीको परीक्षण हुनेछ । दोस्रो चरणमा काठमाण्डाैमा बस्दै आएका तथा विभागीय टिमका खेलाडीको परीक्षण हुनेछ । 

त्यसपछि खेलाडीसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्राउण्ड तथा होस्टल कर्मचारीको परीक्षण हुनेछ । विश्वकप छनोट प्रतियोगिताका खेल खेलाउन एसियाली फुटबल महासङ्घले प्रस्ताव गरेको मिति पारित भएमा खेल सुरु हुन दुई महिनाको समय बाँकी छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया