अर्को महिना हुने यूएस ओपन नखेल्ने नाडालको घोषणा

 साउन २१, २०७७ बुधबार ६:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

डिफेन्डिङ च्याम्पियन राफेल नाडालले यो वर्ष यूएस ओपन नखेल्ने घोषणा गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा नआएको भन्दै उनले अर्को महिना हुन लागेको यूएस ओपन नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ ।

यूएस ओपन अगष्ट ३१ अर्थात भदौ १५ देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया