सेभिल्ला र लिभरकुशेन युरोपा लिगको क्वार्टरफाइनलमा

 साउन २३, २०७७ शुक्रबार ७:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सेभिल्ला र लिभरकुशेन युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् । 

सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेनको जितमा मौसा डायबीले गरेको गोल नै निर्णायक बन्यो । 

लिभरकुशेन समग्रमा ४-१ को नतिजासहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो । लिभरकुशनले अब आउँदो सोमबार इन्टर मिलानसँग तथा सेभिल्लाले वलभरह्याम्टन ह्वनडरर्ससँग मंगलबार खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया