टिपरको ठक्करबाट काठमाण्डौको सुन्दरीजल र तिनकुनेमा गरी दुई जन...
चैत २, २०८१ शनिबार
काठमाडौं – काठमाडौं उपत्यका आसपाससहित देशका धेरै ठाउँमा आजराति अझै ठूलो पानी पर्ने अनुमान मौसमविदले गरेका छन् ।
मनसुन सक्रिय भएकोले काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुली र मकवानपुरको आकाशमा बाक्लो बादल विकास भइरहेकाले राति ठूलो पानी पर्ने सम्भावना छ ।
अपडेट-१
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 6, 2018
श्रावण २१, दिनको २ः२० बजेः
हाल देशको मध्य भुभागमा पर्ने काठमाडौ, भक्तपुर,ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुर जिल्ला लाई केन्द्र गरेर बाक्लो बादल बिकास भइ ठुलो वर्षा भइरहेकोले बागमती, रोसी, कमला र तिनका शाखा खोलाहरुमा आकस्मिक बाढीको संभावना छ। सतर्कताको लागि अपिल गरिन्छ। pic.twitter.com/5XU7t24tlb
त्यसैले बाग्मती, रोशी, कमला र तिनका शाखा खोलामा ठूलो बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । शाखाले मध्य तराईका चुरेबाट बहने खोलामा पनि बाढीको सम्भावना रहेको बताएको छ ।
अपडेट-२
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 6, 2018
श्रावण २१, दिनको २ः३० बजेः
मध्य क्षेत्रको अलावा, हाल देशको प्रदेश २ को अधिकांश स्थान र प्रदेश ७ को उत्तरी दार्चुला क्षेत्रमा समेत ठुलो वर्षा भईरहेको छ। प्रदेश २ का चुरेबाट बहने खोलानालाहरुमा सतर्कता अपनाऔं।महाकालीको दार्चुला क्षेत्रमा पनि सतर्क रहौं। pic.twitter.com/cAJJGtF9hi
यस्तै उत्तरी दार्चुलामा पनि ठूलो पानी परिरहेकाले महाकाली नदी आसपासमा पनि सतर्कता अपनाउन शाखाले भनेको छ । भोलिदेखि भने पानी पर्न कम हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।