स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेको छ ।
काठमाण्डाै उपत्यकामा सङ्क्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर फोरमले नाकामा कडाइ गर्न, अनधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारबाही गर्न आग्रह गरेको हो ।
फोरमका अध्यक्षसमेत रहनुभएका काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि सङ्क्रमितको सङ्ख्या बढिरहेको उल्लेख गर्दै चाहिनेभन्दा बढी मान्छेहरु भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाइ गर्नुपर्ने बताउनुभयो । फोरमले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नवीकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो देशबाट आउनेहरुका लागि सङ्घीय सरकारले एकीकृत रुपमा क्वरेण्टीन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा, पर्व स्थगित गरिए जस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिबन्ध गर्नुपर्ने माग गरिएको उहाँले बताउनुभयो । मास्क नलगाउनेलाई कारबाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरीय क्वरेण्टीन व्यवस्थापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको उहाँले बताउनुभयो ।
फोरमले सार्वजनिक यातायात निषेध गरी निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ । पालिकाकाे अनुमति विना उपत्यका प्रवेश निषेध गरिए पनि नागरिकहरु लुकीछिपी उपत्यका भित्रिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।