एन्फाले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने

 साउन २६, २०७७ सोमबार ६:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ । 

फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो । 

आज काठमाण्डौ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ । 

काठमाण्डौ उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् । 

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया