मध्यपहाडी लोकमार्गको बाग्लुङ घोडाबाँधे-हटिया खण्डमा जोखिम

 साउन २६, २०७७ सोमबार ७:३०:३७ | रासस
unn.prixa.net

बाग्लुङ - मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ घोडाबाँधे–हटिया सडक मर्मत नहुँदा जोखिम बढेको छ । घोडाबाँधे–हटिया २० किलोमिटर खण्डमा कालोपत्रे भएको चार वर्ष पुग्यो । 

तर नियमित मर्मत तथा सुधार नहुँदा नाली र पर्खाल जीर्ण बनेको छ । सडकमा पनि कालोपत्रे उप्केको छ । नयाँ–पुराना पहिरा र खाल्डाखुल्डीले जोखिम बढाएको छ । 

गलकोट नगरपालिका-१ र २ का चार ठाउँमा सडक भासिएको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले पालिकाले पनि मर्मत र रेखदेखमा ध्यान नदिएको चालकहरुले बताउँदै आएका छन् । साँघुरिएको सडकमा बल्लतल्ल गाडी चल्ने जीप चालक राजेन्द्र विकको गुनासो छ । 

यसपाली लगातार पानी परेर जमिन गलेपछि सडक भासिएको वडा नम्बर २ का अध्यक्ष हेमन्त भण्डारीले बताउनुभयो । सडक भासिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाका इञ्जिनीयर उज्जवल शर्माले आउँदो हिउँदमा काम अगाडि बढ्ने बताउनुभएको छ । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनु जस्ता कारणले यस्ता सडक भासिने, पहिरो जानेजस्ता समस्या निम्तिने गरेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया