खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर घुससहित पक्राउ

 साउन २६, २०७७ सोमबार १३:९:४१ | रासस
unn.prixa.net

रुपन्देही – नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनियर साहलाई दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो । 

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाण्डाै आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया