इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश

 साउन २७, २०७७ मंगलबार ६:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जर्मन क्लब बायर लिभरकुसेनलाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले लिभरकुसेनलाई दुई एक गोलले हरायो ।

खेलको ३० मिनेटमा भएको गोल नै अन्तिमसम्म निर्णायक बन्यो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले २० यार्डबाट प्रहार गरेको उत्कृष्ट सट सोझै गोलमा परिणत भएको थियो ।

त्यसपछि २१ औं मिनेटमा एस्ले योङको पासमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई बिट गर्दै अर्काे गोल गरे। जसका कारण इन्टरले खेलमा दुई शून्यको अग्रता बनायो । 

इन्टर मिलानका स्ट्राइकर लुकाकुले यो सिजनमा ३१ औं गोल गर्न सफल भए । यसका साथै उनको युरोपा लिगमा लगातार नवौं गोल पनि हो । लुकाकु यूईएफए कपमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन ।

दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डि-बक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन ।

दोस्रो हाफमा दुवै टिमबाट पाएको मौकाको सदुपयोग हुन सकेन र इन्टर मिलानले अन्तिम चारमा स्थान बनायो । 

दोस्रो हाफमा इन्टरले लिभरकुसेनमाथि राम्रो दबाव बनाएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया