स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश

 साउन २८, २०७७ बुधबार ८:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा उल्भ्सले पराजय भोग्यो ।

खेलको ८८ औ मिनेटमा एभर बनेगाको क्रसलाई सदुपयोग गर्दै लुकास ओकम्पोसले हेड गोलमार्फत सोभिल्लालाई जित दिलाएका हुन् ।

सेभिल्लाले अब फाइनल प्रवेशका लागि आइतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । नुनो एस्पिरिटो सेन्टो नेतृत्वको उल्भ्सले सुरुवातमै खेलमा अग्रता लिने अवसर पाएको थियो । उल्भ्सका राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभिल्लाका गोलकिपरले बचाएका थिए ।

उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौं स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।

५ पटकको सेभिल्ला पछिल्ला १९ खेलमा अपराजित छ । उसले आइतबार प्रशिक्षक आले गुनर सोल्सायरको क्लब म्यान्चेष्टर युनाइटेडलाई चुनौती दिनेछ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया