२५ वर्षमा पहिलो पटक पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

 साउन २९, २०७७ बिहिबार ६:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा एटलान्टालाई २-१ ले हराउँदै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो । 

एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाए पनि हार टार्न सकेन । 

खेलको ९० र थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे । 

योसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया