लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

 साउन ३०, २०७७ शुक्रबार ६:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आरबी लाइप्जिग पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा एट्लेटिको मड्रिडलाई २-१ ले हराउँदै लाइप्जिग अन्तिम चारमा पुगेको हो ।

लाइप्जिगका ड्यानियल ओल्मो र टेलर अदाम्स्ले एक/एक गोल गरे । एट्लेटिको मड्रिडका जोआओ फेलिक्सले खेलको ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । 

एट्लेटिकोका फेलिक्सले खेल बराबरीमा ल्याए पनि खेल सकिन दुई मिनेट बाँकी छँदा अदाम्स्ले गोल गर्दै लाइप्जिगलाई जित दिलाएका हुन् । 

अब लाइप्जिगले पहिलो सेमिफाइनलमा भदौ २ गते पेरिस सेन्ट जर्मेन पीएसजीसँग खेल्नेछ । पीएसजीले हिजो एटलान्टालाई २-१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया