कर्मचारीमा काेराेना सङ्क्रमण देखिएपछि एनओसी भवन दुई हप्ताका लागि बन्द

 साउन ३२, २०७७ आइतबार १३:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल ओलम्पिक कमिटी (एनओसी) का दुई जना कर्मचारीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

गएको बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे मातहतमा गरिएकाे पीसीआर परीक्षणमा एनओसीका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । 

दुई जना कर्मचारीमा कोरोना देखिएसँगै ओलम्पिक कमिटीकाे भवन कम्तीमा दुई हप्ताकाे लागि बन्द गरिएको छ । अरु दुई जना कर्मचारीको नतिजा भने आउन बाँकी रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया