नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा थप एक सय ७२ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
काठमाण्डाैमा एक सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित काठमाण्डाै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाै सय ६७ पुगेको छ ।
केही दिनयता काठमाण्डाै उपत्यकालगायत देशका विभिन्न जिल्लामा काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । जाेखिम बढेसँगै स्वास्थ्य प्राेटाेकलकाे पालना गर्न मन्त्रालयले बारम्बार आग्रह गर्दै आइरहेकाे छ ।
उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।
बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।
नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकासहित देशभर आइतबार ६ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।