रोमानियाकी हालेपलाई प्राग ओपन टेनिसको उपाधि

 भदौ १, २०७७ सोमबार ७:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् ।

चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गरिन् । 

विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६-२ र ७-५ ले हराइन् । कोरोना भाइरसको कारण लकडाउन खुलेपछि हालेपले पहिलो उपाधि जितेकी हुन् । 

२८ वर्षीया हालेप प्राग ओपन जित्ने दोस्रो शीर्ष वरीयता प्राप्त खेलाडी हुन् । यसअघि कारोलिना प्लिस्कोभाले २०१५ मा प्राग ओपन जितेकी थिइन् । हालेपको यो वर्षको दोस्रो उपाधि हो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया