सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा

 भदौ १, २०७७ सोमबार ९:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सेभिल्ला युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति म्यान्चेष्टर युनाइटेडलाई २-१ गोल अन्तरले हराउँदै सेभिल्लाले फाइनल यात्रा तय गरेको हो ।

ब्ररुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । 

सेभिल्लाका लागि फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरी भए पनि खेलको ७८ औं मिनेटमा डी जोङले सेभिल्लाका लागि विजयी गोल गरे । 

अब म्यान्चेष्टर युनाइटेडको यस सिजनको ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । सेभिल्लाले उपाधिका लागि अब सख्तर डोनेस्क र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया