दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – सामान्य जीवन बिताइरहँदा पनि धेरैलाई मानसिक समस्या हुन्थ्यो भने अहिले कोरोनाको कारण झन् समस्या थपिएको छ । किनभने हिँडडुल र बाहिरी काम गर्न बन्देज छ, आफन्त भेट्न पाइँदैन । विद्यालय बन्द छन् । रोजगारी गुमेको छ । सामाजिक दूरी छ ।
यस्तो अवस्थामा विद्यालय उमेरका किशोर–किशोरी तथा युवाहरुलाई पनि उत्तिकै मनोसामाजिक समस्या देखा परेको छ ।
विद्यार्थीको कुरा गर्दा लकडाउन भएको केही दिन उनीहरु खुसी भए । स्कुल जान परेन । गृहकार्य गर्नु परेन । ड्रेस लगाइरहन परेन । शिक्षकको निगरानीमा बस्नु परेन ।
बिस्तारै लकडाउन बढ्दै जाँदा तनाव थपियो । रमाइलो गर्ने पनि कति, घरमै बस्ने कति भन्ने अनिश्चतता बढ्दै जाँदा अब के हुन्छ, कसो हुन्छ भन्ने चिन्ता हुन थाल्यो ।
विद्यालय कहिले खुल्छ निश्चित छैन । अर्को कुरा विद्यालय खोल्नेबित्तिकै परीक्षा भयो भने के गर्ने भन्ने कुराले चिन्ता थपिएको छ ।
विद्यालय बन्द हुँदा शहरमा बसेका कतिपय बालबालिका गाउँ गएका होलान् । लामो समय गाउँमा बस्नुपर्दा रहनसहनलगायत धेरै कुरा मिलिरहेको हुँदैन । यसले पनि दिक्दारी महसुस गरेको हामीले पाएका छौँ ।
लामो समय घरभित्रै एक्लै बस्नुपर्दा मेरो कोही छैन, म एक्लै छु भन्ने जस्ता मनोसामाजिक समस्या आउँछन् ।
जसले गर्दा आफ्नो मूल्य नभएको, अब केही गर्न सकिँदैन भन्ने लगायतका समस्या विद्यालय जान नपाउँदा देखिएका छन् ।
आर्थिक समस्याले झन् तनाव
आर्थिक कुरा हाम्रो गाँस, बास र कपाससँग जोडिएको हुन्छ । मानवको पहिलो आवश्यकता नै यही हो । सामान्य परिवारमा एक जनाले काम गरेर ९/१० जनाको परिवारलाई पाल्नुपर्ने बाध्यता छ ।
यो बेलामा कतिपयको भएको जागिर गुम्दा झन् समस्या थपिएको छ । यो अहिले नेपालमा मात्रै नभइ विश्वका धेरै देशको साझा समस्या हो ।
यही सङ्कट भित्रैबाट पनि बाँच्नु ठूलो कुरा हो । बाँच्नका लागि के–के विकल्प गर्न सकिन्छ त भनेर फरक ढङ्गले सोच्नुपर्छ ।
पहिलेकै अवस्थामा रोजगारी पाउन सक्ने अवस्था नहुन सक्छ । तर स्वरोजगारका लागि काम गर्न आवश्यक छ । जसले गर्दा यस्ता तनाव कम गर्न सकिन्छ ।
नकारात्मक विचार आउँदा यसो गर्नुहोस्
यस्तो बेला नकारात्मक विचार धेरै आउँछन् । पहिलो कुरा त यस्तो सोचाइको विषयमा आफैले थाहा पाउनुपर्छ ।
मलाई किन यस्तो सोच आउँदैछ, यसले मेरो दैनिक कुरामा के असर पारिरहेको छ, मलाई के भइरहेको छ भनेर थाहा पाउनुपर्छ । आफ्नो समस्या के हो भनेर थाहा पाइसकेपछि आफैले के गर्न सक्छु त भन्ने सोच्नुपर्छ ।
यस्तो बेला दैनिक गरिरहेको काम गर्नुपर्छ । हुन सक्छ मुख धुने, हात धुने, दाँत माझ्ने आफ्नो सरसफाइ गर्ने गर्नुपर्छ । यसले पनि मनमा आउने नकारात्मक सोच र तनावलाई कम गर्छ ।
अर्को आफ्नो नजिक को छ, कोसँग मन मिल्छ उसलाई आफ्ना कुरा भन्नुपर्छ । आफूलाई मन पर्ने काम गर्ने, यतिले पनि भएन भने मनोविमर्शकर्तालाई भेट्नुपर्छ ।
अहिले विभिन्न ठाउँमा हटलाइन नम्बर राखिएका छन् । त्यसमा फोन गरेर पनि सल्लाह लिन सकिन्छ, धेरै उपाय छन् ।
यस्तो बेला योगा, व्यायाम, श्वासप्रश्वासका विधि पनि अपनाउन सकिन्छ ।
मानसिक समस्या भन्नेबित्तिकै ठूलो रुपमा हेरिन्छ तर हैन । यो अरु समस्या जस्तै सामान्य समस्या हो । यो कम गर्न सकिन्छ ।
समस्यासँग जुध्न सक्नुपर्छ
अहिले कोरोनाको महामारी छ भने भोलि अर्को किसिमको समस्या आउन सक्छ । समस्या आयो भन्दैमा यही समस्याको बारेमा चिन्ता लिएर बस्नु हुँदैन । मान्छे भनेको जहिले पनि प्रगति चाहने प्राणीभित्र पर्छ ।
त्यसैले समस्याभित्रै समाधान खोज्न जरुरी छ । यो बेलामा पढाइ रोकिए पनि आफ्नो चाहना, इच्छाअनुसारको अरु काम गर्न सकिन्छ । पढाइभन्दा अरु आफूलाई मन पर्ने काम गर्न सकिन्छ ।
जस्तै अभिभावकसँग बसेर जीवनाेपयोगी सीप सिक्न सकिन्छ । खाना पकाउने, लुगा धुने, कपडा सिलाउन सिक्ने, चित्र काेर्ने, गीत गाउने, नाच्ने यस्ता काम पनि गर्न सकिन्छ ।
यी सबै काम गर्दा दैनिक कार्यतालिका बनाएर आफ्नो पढाइलाई निरन्तरता दिन सकिन्छ ।
मानसिक समस्या भएको यसरी थाहा हुन्छ
– दैनिक क्रियाकलापमा गडबडी हुने, गरिरहेको कामहरु छुट्ने ।
– पहिले रमाइलो लाग्ने काम पनि गर्न मन नलाग्ने, नकारात्मक विचारहरु आइरहने ।
– सामाजिक सम्बन्ध बिग्रने ।
– बिरामी भइरहने तर उपचार गर्न जाँदा केही रोग नदेखिने ।
– मनमा समस्या हुँदा शारीरिक रुपमा व्यक्त गर्ने । जस्तै मनमा पीर छ भने टाउको दुख्न थाल्छ । कसैको पाचन प्रक्रियामा नै असर पर्छ । पेट दुख्ने, पखाला लाग्ने, निद्रामा समस्या पर्ने, खान मन नलाग्ने, भोक नलाग्ने, तौल बढ्ने अथवा घट्ने ।
– यस्तो बेला जाँच गर्दा कुनै रोग देखिएन भने मानसिक समस्या भएको हो भनेर शङ्का गर्न सकिन्छ । यसका लागि मनोविमर्शकर्ता वा मनोचिकित्सकसँग गएर यो कस्तो खालको समस्या हो भनेर सल्लाह लिन सकिन्छ ।
परिवारको भूमिका
मान्छेलाई सधै प्रोत्साहन चाहिन्छ । तर हाम्रो समाज त्यस्तो छैन । झनै निराशा बढाउने गरिन्छ, यस्तो गर्नु हुँदैन । यसले गर्दा उनीहरु अझै समस्यामा पर्न सक्छन् ।
यो बेलामा परिवारले सम्झाउनुपर्छ । यो समय बितेर जान्छ, तिम्रो लागि हामी छौँ, तिमी एक्लो छैनौ भनेर हिम्मत दिनुपर्छ । यस्तो गर्दा आत्मबल गिरेको अवस्थामा आफ्नो लक्ष्य समात्ने अथवा आत्मबल थप्ने काम गर्छ ।
पालिकाको भूमिका पनि महत्त्वपूर्ण
आफ्ना नागरिकलाई तनावबाट मुक्त बनाउनेदेखि जीविकोपार्जनमा सुनिश्चितता गर्ने पहिलो काम राज्यको हो । यसको जिम्मा अहिले पालिकालाई छ ।
होला अहिले पालिकालाई पनि समस्या परेको छ । तर आफ्ना नागरिकलाई स्वरोजगार कसरी बनाउने भन्ने नीतिगत योजना बनाएर काम गर्दा राम्रो हुन्छ ।
यसका लागि सीप सिकाउने, बिउ–पुँजी दिने, क्षमता अभिवृद्धि गराउने काम पालिकाले गर्न सक्छन् । योसँगै अहिले विदेशबाट धेरै युवा गाउँ फर्कनुभएको छ । उहाँहरुसँग केही न केही सीप छ । उहाँहरुमा विदेशमा गरेको सङ्घर्ष र सिकाइ छ । त्यसैलाई नै अलिकति प्रोत्साहन गरेर काम गर्ने क्षेत्र यो–यो हुन सक्छ भनिदियो भने यसले धेरै सहयोग मिल्न सक्छ ।
यसो गरे एकातिर आर्थिक उपार्जन हुन्छ भने अर्को मानसिक स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुग्छ । जहाँ अभाव छ, त्यहाँ झगडा हुन्छ । जहाँ झगडा छ, त्यहाँ मनमा समस्या हुन्छ ।
मानसिक तनाव घटाउन र आत्महत्याका घटना रोक्न पनि यस्ता कामले ठूलो मद्दत पुग्छ र यो काम पालिकाले गर्न सक्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।