चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको ९० वर्षको उमेरमा निधन

 भदौ १, २०७७ सोमबार २०:२७:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको अमेरिकामा सोमबार निधन भएको छ । उनी ९० वर्षका थिए । 

पण्डित जसराजकी नातिनी मीनाक्षीले पण्डित जसराजको निधनबारे बीबीसीलाई जानकारी दिएकी हुन् । 

गायक पण्डित जसराजको परिवारले एक विज्ञप्ति निकाल्दै अमेरिकाको न्यु जर्सीमा रहेको आफ्नो घरमा हृदयाघातका कारण उनको निधन भएको बताएको छ । 

पद्म विभूषणबाट सम्मानित पण्डित जसराजको जन्म सङ्गीतकारको परिवारमा भएको थियो । सङ्गीतसँग जसराजको परिचय उनका बुवा पण्डित मोतिरामले गराएका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गर्दै भन्नुभएको छ, ‘उनको निधनले भारतीय शास्त्रीय सङ्गीतमा अपूरणीय क्षति पुगेको छ । उनको सङ्गीत आफैमा उत्कृष्ट थियो । कैयौँ गायकका लागि एक असाधारण गुरुको रुपमा उनले आफ्नो पहिचान बनाएका थिए । उनको परिवार र प्रशंसकलाई मेरो समवेदना छ ।’

गायक जसराज पण्डित विशेषतः आफ्नो गाउने शैलीका कारण पनि चर्चित थिए । उनी झण्डै आठ दशक गायकीमा सक्रिय थिए । उनकाे गाउने शैलीकाे सानाे अंश– 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया