इन्टर मिलान युरोपा लिगको फाइनलमा

 भदौ २, २०७७ मंगलबार ६:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो । 

जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे । एक गोल डानिलोले गरे ।

खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए । 

तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उसले उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया