वर्कशप भदौ १५ गतेसम्म बन्द

 भदौ २, २०७७ मंगलबार २१:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – काठमाण्डौ उपत्यकाका वर्कशप भदौ १५ गतेसम्मका लागि बन्द भएका छन् । नेपाल अटो मेकानिक्स सङ्घमा आबद्ध सबै गाडी मर्मत गर्ने वर्कशप भदौ १ गते सोमबारदेखि १५ गते सोमबारसम्मका लागि बन्द भएका हुन् ।

उपत्यकामा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै वर्कशप बन्द गर्न आफ्ना सम्पूर्ण सदस्यलाई आग्रह गरेको सङ्घले जनाएको छ । अत्यावश्यक गाडी मर्मत गर्नुपरेमा भने वर्कशपमा माक्स, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरी सुरक्षित तरिकाबाट मात्र गर्न सङ्घले आग्रह गरेको छ ।

यस्तै आफू र आफ्नो वर्कशपमा काम गर्ने सहयोगी अटो मेकानिक्स लगायत आफ्नो वरिपरिको वातावरण पनि सुरक्षित गराउन सङ्घका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अनुरोध गर्नुभएको छ ।

नेपाल अटो मेकानिक्स सङ्घका अनुसार कोरोना सङ्क्रमणको जोखिम बढेसँगै धेरै व्यवसायीले आफूखुसी आफ्नो व्यवसाय बन्द गर्न थालेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया