'प्रधानमन्त्रीज्यू, जनस्वास्थ्य आपत्काल घाेषणा गर्नुस्'

 भदौ २, २०७७ मंगलबार १५:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारलाई सुझावसहित ध्यानाकर्षण पत्र पठाउनुभएको छ । 

पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले सरकारकै लापर्वाही अहङ्कारले अहिले कोरोना सङ्क्रमण भयावह अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह तप्काको सहयोग हुँदा हुँदै पनि सरकारको असंवेदनशीलता, अहङ्कार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको उहाँको भनाइ छ । 

थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक गएको असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट भेटेरै ध्यानाकर्षण गराएको र त्यसलगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको पनि जानकारी गराउनुभएको छ । 

नेता थापाले काेराेना सङ्क्रमण बढ्दाे दरमा भएका काठमाण्डाै उपत्यकालगायका क्षेत्रमा तत्काल जनस्वास्थ्य आपत्काल घाेषणा गर्न प्रधानमन्त्रीलाई सुझाव पनि दिनुभएकाे छ । 

थापाले लेख्नुभएको छ, ‘कोरोनाको बढ्दो सङ्क्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनीमा झिनो आशाका साथ पुनः यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानाकर्षण गराउन खोजेको छु ।’

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया