​आईपीएल २०२० को मुख्य प्रायोजक बन्याे ड्रिम ११

 भदौ २, २०७७ मंगलबार १६:११:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको सङ्कटबीच आयोजना हुन लागेको इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करणको नयाँ मुख्य प्रायोजक भेटिएको छ । 

चिनियाँ कम्पनी भिभो हटेपछि फ्यान्टसी स्पोर्टस कम्पनी ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा नयाँ अधिकार खरिद गरेको हो । 

यो रकम भिभोको वार्षिक ४४० करोडभन्दा २१८ करोड रुपैयाँले कम हो । बोर्डले कोरोना भाइरसको कारण जारी लकडाउनको कारण बजारको स्थितिलाई ध्यानमा राख्दै प्रायोजनको रकम एक सय करोड रुपैयाँ कम गरेको थियो । 

मुख्य प्रायोजन अधिकारको होडमा टाटा समूह, बायजु जस्ता प्रमुख कम्पनी पनि सामले थिए । आईपीएल यो वर्षको सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्समा हुँदैछ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया