अस्ट्रेलियाले सम्भावित काेभिड–१९ खाेपकाे लागि आस्ट्रजेनेकासँग सम्झाैता गर्‍याे

 भदौ २, २०७७ मंगलबार २०:२:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाले काेराेना भाइरसकाे सम्भावित खाेपकाे लागि मङ्गलबार  स्विडेन–बेलायती कम्पनी अस्ट्राजेनिकासँग सम्झाैता गरेकाे समाचार एजेन्सी एएफपीले जनाएकाे छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले​ अस्ट्रेलियाले अस्ट्राजेनेकासँग सम्झाैता गरेकाे र अक्सफाेर्डले बनाएकाे खाेप अब आफ्नाे देशले पनि पाउन सक्ने बताउनुभएकाे छ । उहाँले अब आफ्नाे देशले पनि काेराेना भाइरसकाे खाेप उत्पादन गर्ने र सबै नागरिकलाई सित्तैमा त्याे खाेप दिने बताउनुभएकाे छ । 

उहाँले भन्नुभयाे, 'अहिले अक्सफाेर्डकाे खाेप विश्वकाे सबैभन्दा उन्नत र विश्वसनीय खाेप हाे । कम्पनीसँगकाे सम्झाैताअनुसार हामीले सबै नागरिककाे लागि अब याे खाेप सुनिश्चित गरेका छाैँ ।'

यदि याे खाेप सफल साबित भयाे भने अस्ट्रलियाले ठूलाे मात्रामा त्यसकाे उत्पादन गर्ने र सबै दुई कराेड ५० लाख  अस्ट्रेलियाली नागरिकसम्म सित्तैमा पुर्‍याइने उहाँले बताउनुभयाे । 

अक्सफाेर्डमा बनिरहेकाे खाेप विश्वकाे ती पाँच खाेपमध्ये एक हाे, जसकाे तेस्राे चरणकाे परीक्षण भइरहेकाे छ र शाेधकर्ताहरुले पनि याे वर्षकाे अन्त्यसम्ममा यसकाे नतिजा पनि आउने विश्वास लिएका छन् । 

आफ्नाे सरकारले केही अरु सम्भावित खाेप बनाइरहेकाे टिमसँग सम्पर्क गरिरहेकाे र देशभित्र पनि वैज्ञानिकहरुकाे काेसिसमा सहयाेग गरिरहेकाे प्रधानमन्त्री मरिसनले बताउनुभयाे । 

यद्यपि अहिलेसम्म एस्ट्राजेनिकसँग खाेपकाे मूल्य कति हुन्छ र अस्ट्रेलियामा त्यसकाे उत्पादन कसले गर्छ भन्ने विषयमा सहमति भइसकेकाे छैन ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया