पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा

 भदौ ३, २०७७ बुधबार ६:१६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । राति भएको खेलमा आरबी लेइप्जिङलाई ३ शून्यले हराउँदै पीएसजी फाइनलमा पुगेको हो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

पीएसजीको जितमा मार्किन्होज, एन्जल डी मारिया र जुआन बर्नाटले एक एक गोल गरे । अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया