मालीमा सैनिक कू : आफ्नो कार्यकालमा रक्तपात भएको हेर्न नचाहने भन्दै राष्ट्रपतिले दिए राजीनामा

 भदौ ३, २०७७ बुधबार १२:१२:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – मालीका राष्ट्रपति इब्राहिम बुबाकार केइटाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

मालीको सरकारी टीभीमा सम्बोधन गर्दै उहाँले संसद र सरकार पनि भङ्ग गरेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

‘आफ्नो शासनकालमा रक्तपात भएको म हेर्न चाहन्न’, राष्ट्रपति बुबाकारकाे भनाइ छ ‘सेनाले आफ्नो शक्तिको आडमा मेरो शासनलाई खतम पार्छ भने म के गर्न सक्छु र ?’

राष्ट्रपति इब्राहिमले टीभी च्यानलमार्फत यो घोषणा गर्नुभन्दा केही घण्टा पहिले मालीका विद्रोही सैनिकले राष्ट्रपति इब्राहिम, प्रधानमन्त्री बोबू सिसे लगायत केही सरकारी अधिकारीहरुलाई हिरासतमा लिएको थियो ।

सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक सैनिक क्याम्पमा गोलीको आवाजसँगै भएको थियो । मालीको सेनामा जिहादी चरमपन्थीसँगको लगायतार संघर्ष र आफ्नो तलबको विषयलाई लिएर लामो समयदेखि असन्तुष्टि थियो ।

राष्ट्रपति इब्राहिमले सन् २०१८ मा लगातार दोस्रोपटक चुनाव जित्नुभएको थियो । दोस्रो कार्यकालमा पनि भ्रष्टाचार, अर्थव्यवस्था बिग्रिनु तथा साम्प्रदायिक हिंसा बढेका कारण राष्ट्रपति प्रति असन्तुष्टि बढेको थियो ।

यीनै कारणले गर्दा मालिमा केही महिनादेखि ठूलो मात्रामा विरोध प्रदर्शन हुँदै आएका थिए ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया