नेकपा एमाले नामक दल दर्ता, चुनाव चिह्न उदाउँदो सूर्य

 भदौ ३, २०७७ बुधबार १६:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको दल दर्ता भएको छ । यो पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–मार्क्सवादी, लेनिनवादी) रहेको आयोगले जनाएको छ ।

सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेको महासचिवमा मनिषकुमार उपाध्याय रहेकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो दलको चुनाव चिह्न उदाउँदो सूर्य रहेको छ । पाँच सयभन्दा धेरै मतदाताको हस्ताक्षरसहित घोषणापत्र, विधानलगायत प्रमाणपछि आयोगमा दल दर्ता भएको हो ।

गएको असार १२ गते नै दल दर्ताका लागि आवेदन परे पनि आवश्यक कागजात नपुगेको भन्दै रोकिएको थियो । योसँगै निर्वाचन आयोगमा एक सय ३२ वटा दल दर्ता भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • dhan singh

    Aug. 19, 2020, 5:33 p.m.

    नेपालमा दलको खेती भो /

  •  0 Reply

तपाईको प्रतिक्रिया