कोरोना उपचारको लागि शय्या नछुट्याएका अस्पतालले काेराेना परीक्षण गर्न नपाउने

 भदौ ३, २०७७ बुधबार १७:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरस सङ्क्रमितका लागि तोकेको शय्या नछुट्याएका अस्पतालमा कोरोना परीक्षण गर्न नदिने बताएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारको निर्देशनअनुसार कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत शय्या नछुट्याउने निजी अस्पताल र एक तिहाइ शय्या नछुट्याउने शिक्षण अस्पताललाई कोरोना परीक्षणको अधिकार नदिने निर्णय भएको बताउनुभयो ।

यसअघि कोरोना परीक्षणको अनुमति लिएका अस्पतालहरुले पनि तोकिएको शय्या नछुट्याएमा अनुमति रद्द गर्ने उहाँले बताउनुभयो । 

सबै अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि शय्या छुट्याउँदा सङ्क्रमण फैलिने खतरा बढेको चर्चा भएको भन्दै उहाँले यसबाट सङ्क्रमण फैलिने नभइ उपचारमा सहजीकरण हुने बताउनुभयो ।

अबको केही वर्ष कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहने र अरु रोगको उपचारको लागि अस्पताल जानेहरुमा पनि कोरोना देखिने भएकोले कोरोना देखिएमा त्यही अस्पतालमा उपचारको लागि शय्या छुट्याउन भनेको प्रवक्ता गौतमले बताउनुभयो । 

उहाँले अस्पतालहरुलाई कि सेवा बन्द गर्नुपर्ने कि तोकिएको शय्या अनिवार्य छुट्याउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको बताउनुभयो । अबको केही समयपछि सबै सरकारी अस्पताल कोरोना सङ्क्रमितले भरिने सम्भावना रहेकोले निजी अस्पतालले उपचार गर्नैपर्ने र अरु रोगको उपचारका लागि पुगेका बिरामीमा कोरोना देखिएमा तत्काल कोरोना अस्पतालमा पठाउन नसक्ने अवस्था भएमा उपचार गर्नु बाध्यता हुने प्रवक्ता गौतमले बताउनुभयो ।

उहाँले सबै अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि शय्या छुट्याउँदा सङ्क्रमण फैलिने नभइ व्यवस्थित उपचार हुने बताउनुभयो ।   

अन्तिम अपडेट: कात्तिक २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया