दोस्रो अभ्यास खेलमा नेपाली युवा टोली ७ विकेटले विजयी
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – डाक्टरहरुले आफ्नो घरमा रहेका पाको उमेरका व्यक्ति र मुटुरोग, मधुमेह, क्यान्सर लगायतका दीर्घरोगीसँग सकेसम्म कम घुलमिल हुन आग्रह गरेका छन् ।
मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुकाे शल्यक्रिया गर्ने डाक्टर अनिल भटराईले बढी उमेरका व्यक्तिलाई कोरोनाले बढी असर देखाउने भएकोले घरमा रहेका त्यस्ता वर्गका मानिससँग कम बोल्नुपर्ने वा घुलमिल हुनुपर्ने बताउनुभयो ।
सक्रिय रहने उमेर समूहका मानिसले कोरोनाको सङ्क्रमण फैलाउन बढी भूमिका खेलेको पाइएको भन्दै आफूमा लक्षण नदेखिएमा पनि अरुमा कोरोना सर्छ भन्ने कुरामा सजग हुन डाक्टर भट्टराईले आग्रह गर्नुभयो । उहाँले नियमित औषधि खाइरहेका दीर्घरोगीहरुले कम्तीमा तीन/चार महिनालाई पुग्ने औषधि घरमा ल्याइराख्न र नियमित औषधिको प्रयोग गर्न आग्रह गर्नुभयो ।
यदि अस्पताल जान नसकिएमा पहिलेकै औषधि नियमित गर्ने वा फोनमार्फत नै डाक्टरसँग सुझाव लिएर औषधि खान भन्दै उहाँले अत्यावश्यक नभइ अस्पताल पनि नजान आग्रह गर्नुभयो ।
यस्तै कोरोना सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरु आफ्नै लागि हो भनेर प्रभावकारी बनाउन र पोषणयुक्त खानपानमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
नेपालमा यसअघि फैलिएका हैजालगायतका झाडापखालाको उपचार पद्धति सजिलो रहेको र त्यसबेला खुला चौरमा पनि उपचार गरिएको भन्दै उहाँले कोरोनाको उपचार पद्धति भने निकै संवेदनशील र खर्चिलो रहेको बताउनुभयो । निकै खर्चिलो परीक्षण र उपचार पद्धतिका कारण सकेसम्म आफूलाई कोरोना सङ्क्रमणबाट बचाउनु नै बुद्धिमानी हुने डाक्टर भट्टराईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।