लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

 भदौ ४, २०७७ बिहिबार ६:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

राति भएको खेलमा लियोनलाई ३ शून्यले हराउँदै बायर्न फाइनलमा पुगेको हो । बायर्नको जितमा सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । 

अब च्याम्पियन्स लिगको उपाधिको लागि बायर्न र पेरिस सेन्ट जर्मेन (पीएसजी) आउँदो आइतबार खेल्नेछन् । पहिलो सेमिफाइनलमा आरबी लेइप्जिगलाई ३ शून्यले हराउँदै पीएसजी फाइनल पुगेको थियो ।


 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया