विश्वभर डेढ कराेड बढी कोरोनामुक्त भए

 भदौ ४, २०७७ बिहीबार १४:१२:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ ।

अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वर्ल्डाेमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये सात लाख ९१ हजारको भने ज्यान गएको छ ।

वर्ल्डाेमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा एक लाख ७६ हजारको ज्यान गएको छ । यस्तै साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ११ हजारको ज्यान गएको छ भने भारतमा २८ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा झण्डै ५४ हजारको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया