सन्दीपको टिम जमैकाद्वारा नाइट राइडर्सलाई १३६ रनको लक्ष्य प्रस्तुत

 भदौ ५, २०७७ शुक्रबार ६:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्यारेबियन प्रिमियर लिगमा आफ्नो दोस्रो खेलमा जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्सलाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।

ट्रीनिडाडमा रहेकाे ब्रायन लारा क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

निकै खराब सुरुवात गरेको जमैकाले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो भने १० रनमा दोस्रो तथा १९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

उसका ओपन चान्डविक वाल्टोन र निकोलस र्किटोनले खाता खोल्न सकेनन् । यस्तै कप्तान रोभमन पावेलले आठ रन जोडे । जमैकाको पारीमा ग्लेन फिलिप्स र असिफ अलीले मध्यम साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर अली २२ रनमा आउट हुँदा जमैकाले ५८ रनमो चौथो विकेट गुमायो ।

त्यसपछि कार्लोस ब्रेथवेटले खाता खोल्न नसक्दा ६३ रनमा जमैकाले पाँच विकेट खेर फाल्यो ।

जमैकाका लागि फिलिप्सले ५८ रन बनाए भने एन्ड्र्यु रसेलले २५ रनको योगदान गरे ।

यस्तै सन्दिपले अन्तिम ओभरमा ब्याटिङको मौका पाएका थिए । जसमा उनले एक बल पनि खेल्न पाएनन् । अन्तिममा रमाल लुइसले १५ रन बनाए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया