सीपीएल क्रिकेट : जमैकाको हार, सन्दीपले लिए एक विकेट

 भदौ ५, २०७७ शुक्रबार ७:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तलावाज ट्रिनिबागो नाइट राइडर्ससँग पराजित भएको छ ।

जमैकाले दिएको एक सय ३६ रनको लक्ष्य ट्रिनिबागो नाइट राइडर्सले ११ बल अघि नै तीन विकेट गुमाएर भेटायो । नाइट राइडर्सका लागि सुनिल नारिनले सर्वाधिक ५३ रन बनाए । उनी सन्दीप लामिछानेको बलमा क्याच आउट भए ।

आजको खेलमा सन्दीपले चार ओभरमा ३० रन दिएर एक विकेट लिए । यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तलावाजले २० ओभरमा ८ विकेट गुमाएर एकसय ३५ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा धेरै ५८ रन बनाए । दशाैं नम्बरमा ब्याटिङमा आएका सन्दीपले एक बल पनि खेल्न पाएनन् ।

सन्दीपको टिम पहिलो खेलमा भने विजयी भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया