सुनको भन्सार महसुल घट्यो, भाउ पनि घट्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका जो बाइडनले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ट्रम्पले 'देशलाई निकै लामो समयसम्म अन्धकारमा राखेको' बाइडनले बताउनुभएको छ ।
अमेरिकाका उपराष्ट्रपति भइसक्नु भएका बाइडनले आफ्नो प्रतिद्वन्दी डोनाल्ड ट्रम्पले 'निकै धेरै क्रोध निकै धेरै भय र निकै धेरै विभाजन फैलाएको' बताउनुभयो ।
७७ वर्षीय जो बाइडनको यो भाषणलाई एक लामो राजनीतिक यात्राको शिखर भएको बताइएको छ, जसलाई उहाँले झण्डै पाँच दशकको राजनीतिक अनुभवबाट बनाउनुभएको हो ।
बाइडन अहिलेसम्म सबै जनमत सर्वेक्षणमा ७४ वर्षीय डोनाल्ड ट्रम्प भन्दा निकै अघि देखिनुभएका बाइडन स्पष्ट अग्रतासँगै अमेरिकी चुनावको प्रचारमा उत्रिनुभएको छ ।
तर चुनावमा मत खस्न अझै ७५ दिन बाँकी छ र रिपब्लिकन पार्टीका राष्ट्रपतिसँग अन्तर कम गर्नेको लागि निकै समय छ ।
जाे बाइडनले आफ्नाे गृह नगरमा विलिङ्गटनमा सम्बाेधन गरिरहँदा कार्यक्रम स्थल लगभग खाली थियाे ।
उहाँले भन्नुभयाे, 'म यहाँ अहिले नै भन्न चाहन्छु कि मैले राष्ट्रपति पदकाे चुनाव जितेँ भने सक्ने राम्राे गरेर देखाउँछु । म प्रकाशकाे सहयागी बन्छु, अन्धकारकाे हाेइन ।'
'याे हाम्राे लागि, हामी अमेरिकी नागरिककाे लागि कुनै पनि गलत नगर्ने समय हाे । याे नाेभेम्बरले धेरै कुरा तय गर्नेछ । एकजुट भएर हामी अमेरिकी अन्धकारकाे यात्रा राेक्न सक्छाैँ । हामी डर भन्दामाथि आशा, कल्पना र तथ्यकाे विशेषाधिकारमा निष्पक्षतालाई चुन्नेछाैँ ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।